2026-08-21 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै, करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई÷दुई विकेट हात पारे ।

अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने । नटआउट शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् ।

ब्याटिङतर्फ नेपालका लागि कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन बनाए । कुशलले ३४ बलमा दुई चौकाको मद्दतमा २५ रन जोड्दा नटआउट गुल्सनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर आसिफ शेखले ३४ बलमा एउटा चौकासहित २१ रन बनाए भने अर्का ओपनर अनिल शाह १९ बलको सामना गर्दा एक छक्कासहित १३ रन बनाएर आउट भए ।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता