2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल

काठमाडौँ | नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा खेलेको सिरिज बिर्सनलायक रहेको बताएका छन्। क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार स्वदेश फर्किएका कप्तान पौडेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस सिरिजमा ठूलो मौका गुमाएको र आगामी खेलहरू चुनौतीपूर्ण हुने बताएका छन्।

“जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौं, दुवैमा चुक्यौं। विशेषगरी क्यानडामा राम्रो प्रदर्शन गर्न सकेनौं,” पौडेलले भने। “अमेरिका पुग्दा टिम क्रमशः सेपमा आइरहेको थियो, तर अमेरिकासँगको दुई खेलमा हार भोग्नुपर्‍यो। समग्रमा टुर गुमायौं,” उनले थपे।

नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा कुल ८ खेल खेलेको थियो। अमेरिकामा स्कटल्याण्डलाई मात्र जित्न सकेको नेपाल अन्य पाँच खेलमा पराजित भयो। वर्षाका कारण दुई खेल रद्द हुँदा नेपालले थप दुई अंक पाएको थियो। ८ खेलमा सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो।

नेपाली टिमका कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए। “खेलाडीले प्रयास राम्रै गरेका थिए, तर नतिजा आउन सकेन। नतिजा आउनको लागि अझ राम्रो खेल्न आवश्यक छ,” टमाटाले भने।

कप्तान पौडेलले पनि क्यानडामा ब्याटिङ युनिटले चुनौती सामना गर्न नसकेको बताए। “क्यानडाको विकेट एकदम चुनौतीपूर्ण थियो। अमेरिकामा भने सबैले स्कोर बनाउन सके, टी-२० र ओडीआई दुवैमा राम्रो स्कोर भयो। तर क्यानडामा ब्याटिङ युनिटले प्रदर्शन गर्न सकेन,” पौडेलले भने।

धेरै टी-२० खेल खेलेका कारण एकदिवसीय (ओडीआई) खेलमा ध्यान दिन नसकेको हो भन्ने प्रश्नमा पौडेलले त्यो कुनै बहाना नहुने बताए। “यो वर्ष धेरै टी-२० खेल्यौं, तर त्यसलाई बहाना बनाउन मिल्दैन। फरक फर्म्याट हो, ब्याटिङ युनिटको रुपमा चुक्यौं,” उनले भने।

पौडेलले क्यानडा-अमेरिका सिरिजमा राम्रो गर्न नसक्दा आगामी खेलहरू अझ चुनौतीपूर्ण हुने बताए। “निश्चित रूपमा हामीलाई थप चुनौती थपिएको छ। सुरुवात सोचेजस्तो भएन, तर यसअघिको लिग टु साइकलमा हामीले अन्तिम सिरिजहरूमा राम्रो गरेका थियौं,” उनले सम्झाए।

अबका खेलहरूमा केन्द्रित हुनुपर्ने भन्दै पौडेलले नेपाली ब्याटरले ५० ओभरको खेलमा बानी बसाल्नुपर्ने आवश्यकता औंल्याए। “ब्याटरले ५० ओभरको खेलमा एडप्ट गर्नुपर्छ। दुई दिवसीय खेल खेल्यो भने ५० ओभरमा पनि सुधार हुन्छ,” उनले अन्त्यमा थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह