2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएललाई स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेलहरूलाई भारतीय खेल च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। कमर्सियल राइट्सको अधिकार पाएको ब्रान्ड लजिक कम्पनीले स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

एनपीएलको आगामी संस्करण मंसिर १६ गतेबाट सुरु हुँदैछ, जसमा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताको प्रत्यक्ष प्रसारणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन र दर्शकहरूको पहुँचलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ब्रान्ड लजिक कम्पनीका प्रतिनिधिले भनेका छन् कि स्टार स्पोर्ट्ससँगको सहकार्यले एनपीएललाई भारतसहित अन्य मुलुकहरूमा समेत हेर्न सकिनेछ। यसले नेपाली खेलाडीहरूको प्रदर्शनलाई व्यापक दर्शक समक्ष पुर्‍याउनेछ र नेपाली क्रिकेटको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याउनेछ।

प्रतियोगिता आयोजना गर्न र विश्वभर प्रत्यक्ष प्रसारण गर्नका लागि आवश्यक तयारी भइरहेको ब्रान्ड लजिकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह