2026-06-25 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दक्षिण अफ्रिकासँग भारत ६१ रनले विजयी

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । चार खेलको सिरिजमा भारत ६१ रनले विजयी हुँदै १–० को अग्रता लिन सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले सञ्जु सामसनको १०७ रनको विस्फोटक इनिङ्सले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले १७ दशमलव ५ ओभरमा १४१ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीलाई पहिलो ओभरमा अर्शदीप सिंहले पहिलो झटका दिएका थिए । उनले कप्तान एडेन मार्करामलाई आफ्नो शिकार बनाए । उनले आठ रन मात्रै बनाउन सके । यसपछि चौथो ओभरमा आवेश खानले ट्रिस्टन स्टब्सलाई आउट गरे ।

उनी पनि ११ रन बनाएर प्याभिलियन फर्किए । यसबाहेक रायन रिक्लेटन पनि २१ रन बनाएर आउट भए । ४४ रनको स्कोरमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकालाई लामो र बलियो साझेदारीको खाँचो थियो । यस्तो अवस्थामा हेनरिक क्लासेन र डेभिड मिलरले जिम्मेवारी लिए । दुवैबीच चौथो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । जसलाई वरुण चक्रवर्तीले तोडेका थिए ।

उनले एउटै ओभरमा दुवैलाई आउट गरे । क्लासेन २५ रन र मिलर १८ रन बनाएर आउट भए । यसबाहेक प्याट्रिक क्रुगरले एक, मार्को जेन्सेनले १२, एन्डिले सिमेलेनले ६, जेराल्ड कोएट्जीले २३, केशव महाराजले पाँच र पिटरले पाँच ८ रन बनाए । भारतका लागि वरुण र रवि बिश्नोईले तीन–तीन विकेट लिए भने आवेश खानले दुई विकेट लिए । अर्शदीप सिंहले एक विकेट हात पारेका थिए ।

टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले सामान्य सुरुवात गरेको थियो । सन्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि २४ रनको साझेदारी भएको थियो । कोट्जेले भारतको साझेदारी तोडेका थिए ।

उनले ७ रन बनाएका अभिषेकलाई पहिलो विकेटको रुपमा आउट गरे । त्यसपछि सूर्यकुमार यादवले सञ्जुसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

कप्तान यादव १७ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि तिलक वर्माले सामसनलाई साथ दिए । यी दुईबीच ७७ रनको साझेदारी भयो ।

तिलक ३३ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान सामसनले ४७ बलमा शतक बनाए । उनको टी–२० अन्तर्राष्ट्रिय करियरको यो दोस्रो शतक हो । उनले लगातार दोस्रो खेलमा शतक प्रहार गरे ।

भारतका लागि हार्दिक पाण्ड्याले २ रन, रिंकु सिंहले ११ रन, अक्षर पटेलले ७ रन, रवि बिश्नोईले एक रन र अर्शदीप सिंहले ५ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले ३ विकेट लिए । यसबाहेक मार्को जेनसेन, केशव महाराज, पिटर र क्रुगरले एक–एक विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ