2026-08-21 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ विश्वकप छनोट : शीर्षमा पुग्न नेपाल जित्नैपर्ने दबाबमा, फेरि पनि यूएईकै डर

काठमाडौं | यूएईमा जारी आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । चार म्याच खेल्दासम्म नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको हो ।

प्रतियोगितामा नेपालले तीनमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराउँदै जितको खाता खोलेको थियो । उक्त खेलमा १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डलाई नेपालले ११.४ ओभरमा ३५ रनमै अलआउट गर्‍यो ।

दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध १ सय ८ रनको फराकिलो जित निकाल्यो । उक्त म्याचमा पहिला ब्याटिङ गरेको नेपालले १ सय ३० रन बनायो ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले १२ ओभरमा २२ रनमै अलआउट गर्दै १ सय ८ रनको फराकिलो जित दर्ता गर्यो । तेस्रो खेलमा भने नेपाल आयोजक यूएईसँग १३ रनले स्तब्ध भयो ।

यस खेलमा यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र जोड्न सक्यो । चौथो खेलमा नेपालले फेरि उत्कृष्ट कमब्याक गर्दै थाइल्याण्डलाई १ सय ६ रनले हरायो ।

यस म्याचमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । १ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको थाइल्याण्डलाई नेपालले १६ ओभरमा ३३ रनमै अलआउट गर्‍यो ।

यो जितपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहेको छ । नेपालले अब विश्वकपको टिकट हात पार्न राम्रो नेट रन रेटका साथ प्रत्येक खेल जित्नुपर्ने समीकरण बनेको छ ।

यदि बाँकी दुईवटै खेलमा जित दर्ता गर्न सके महिला विश्वकप खेल्ने नेपालको सपना साकार हुने सम्भावना छ । त्यसका लागि नेपालले कुवेत र यूएईलाई हराउनुपर्नेछ । कुवेतविरुद्ध नेपालको जित पक्काजस्तै छ । नेपाललाई फेरि डर भनेको यूएईसँग हो ।

यूएईले अरू टिमसँग हार बेहोरे पनि नेपाललाई फाइदा हुनेछ । यद्यपि थाइल्याण्डले यूएईलाई हराउन गाह्रो छ । ४ खेलबाट ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको यूएई जारी प्रतियोगितामा अपराजित छ । र, ऊ गत संस्करणको विश्वकप खेलेको टिमसमेत हो ।

यसपालि पनि सानदार लय र घरेलु मैदानको फाइदा उठाउँदै यूएई विश्वकपको टिकट सुरक्षित गर्ने योजनामा छ । उसको लक्ष्यमा नेपाल मात्र बाधक बन्न सक्छ । किनकी यस प्रतियोगितामा यूएईलाई चुनौती दिन सक्ने टिम नेपाल मात्र देखिएको छ ।

नेपालले अब मंगलबार कुवेत र बुधबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक टोलीले एक अर्कासँग समान दुई खेल खेल्ने छन् । चारमध्ये शीर्ष स्थान हासिल गर्ने टिमले आउँदो वर्ष मलेसियामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’