Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आईसीसी यू–१९ महिला टी–२०: आज नेपालले कुवेतसँग खेल्दै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ ।

दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११:१५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

छनोट प्रतियोगिता नेपाल ,कुवेत र आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।