Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई बधाइ दिँदै पुरस्कार दिने घोषणा गरेको हो। क्यानले नेपाली टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्नेछ।

यसअघि बुधबार युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

एसिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो ।