२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन

३० कार्तिक २०८१, शुक्रबार १३:२७

काठमाडौँ | कर्णाली याक्सले एनपीएलमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवनलाई भित्र्याएको छ। धवनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी अलराउन्डर सोमपाल कामीको कप्तानीमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले धवनको सहभागिताको पुष्टि गर्दै उनले कम्तीमा चार खेल खेल्ने जानकारी दिएका छन्। धवनलाई एनपीएल इतिहासकै ठूलो खरिदका रूपमा टिममा भित्र्याइएको हो।

फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार धवनको आगमनपछि पनि टिमको कप्तानीमा कुनै परिवर्तन हुनेछैन। “सोमपालकै कप्तानीमा धवनले खेल्नुहुन्छ। यो विषयमा पहिल्यै सहमति भइसकेको छ,” घिमिरेले बताए।

धवनले कप्तानीबारे कुनै आपत्ति नजनाएको उल्लेख गर्दै उनले फ्रेन्चाइज क्रिकेटमा लोकल खेलाडीलाई कप्तानी दिने परम्परा रहेको बताए। “विदेशी खेलाडीले सबै खेल खेल्ने सुनिश्चित नहुने भएकाले स्थानीय खेलाडीलाई कप्तानी दिइने परिपाटी सामान्य हो, धवनले यसलाई सहज रूपमा स्वीकार गर्नुभएको छ,” घिमिरेले भने।

धवनको आगमनसँगै कर्णाली याक्सले विदेशी खेलाडीको न्यूनतम चार खेलाडीको कोटा पूरा गरेको छ। थप एक जना खेलाडीसँग पनि सम्झौताको तयारी भइरहेको घिमिरेले जानकारी दिए।

शिखर धवनको इन्ट्रीले एनपीएलको स्तरलाई अन्तर्राष्ट्रिय बनाउने र नेपाली क्रिकेटप्रति ध्यानाकर्षण गराउने विश्वास गरिएको छ। धवनको सहभागिताले कर्णाली याक्सलाई बलियो बनाउनुका साथै लिगमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव