2026-09-11 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन

काठमाडौँ | कर्णाली याक्सले एनपीएलमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवनलाई भित्र्याएको छ। धवनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी अलराउन्डर सोमपाल कामीको कप्तानीमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले धवनको सहभागिताको पुष्टि गर्दै उनले कम्तीमा चार खेल खेल्ने जानकारी दिएका छन्। धवनलाई एनपीएल इतिहासकै ठूलो खरिदका रूपमा टिममा भित्र्याइएको हो।

फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार धवनको आगमनपछि पनि टिमको कप्तानीमा कुनै परिवर्तन हुनेछैन। “सोमपालकै कप्तानीमा धवनले खेल्नुहुन्छ। यो विषयमा पहिल्यै सहमति भइसकेको छ,” घिमिरेले बताए।

धवनले कप्तानीबारे कुनै आपत्ति नजनाएको उल्लेख गर्दै उनले फ्रेन्चाइज क्रिकेटमा लोकल खेलाडीलाई कप्तानी दिने परम्परा रहेको बताए। “विदेशी खेलाडीले सबै खेल खेल्ने सुनिश्चित नहुने भएकाले स्थानीय खेलाडीलाई कप्तानी दिइने परिपाटी सामान्य हो, धवनले यसलाई सहज रूपमा स्वीकार गर्नुभएको छ,” घिमिरेले भने।

धवनको आगमनसँगै कर्णाली याक्सले विदेशी खेलाडीको न्यूनतम चार खेलाडीको कोटा पूरा गरेको छ। थप एक जना खेलाडीसँग पनि सम्झौताको तयारी भइरहेको घिमिरेले जानकारी दिए।

शिखर धवनको इन्ट्रीले एनपीएलको स्तरलाई अन्तर्राष्ट्रिय बनाउने र नेपाली क्रिकेटप्रति ध्यानाकर्षण गराउने विश्वास गरिएको छ। धवनको सहभागिताले कर्णाली याक्सलाई बलियो बनाउनुका साथै लिगमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस