2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।

गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदिप अर्याल आइकनिक खेलाडी छनौट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनौट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनौट गरेको छ । जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपीएल खेल्ने अवसर पाएका हुन् ।

अर्यालसँगै स्याङ्जाका सन्दिप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर र तनहुँका सन्दिप पराजुली गण्डकी हिरोजका रुपमा छनौट भएका छन् । ‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौँ। । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिष्पर्धामा सहभागी हुनेछ,’ अध्यक्ष त्रिपाठीले भने ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पु¥याउने बताउँछन् । ‘गण्डकी हिरोजका रुपमा छनौट भएका खेलाडीलाई हामी प्रशिक्षित गर्दै स्थानिय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौँ,’ श्रेष्ठले भने ।

आगामी मंसिर १५देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको एनपीएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की छन् ।

टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह