2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाएर २८३ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा घरेलु टोली दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रन मै समेटियो । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । उसले पावरप्लेमा ४ विकेट गुमाएको थियो । ट्रिस्टन स्टब्स र डेभिड मिलरले सम्हाल्ने प्रयास गरे पनि यी दुई ब्याट्सम्यान आउट भएपछि दक्षिण अफ्रिकी टोलीले ‘कमब्याक’ गर्न सकेन र ठूलो स्कोरको पराजय भोग्न बाध्य बन्यो ।

दक्षिण अफ्रिकाका लागि स्टब्सले सर्वाधिक ४३ रन बनाए भने मिलरले ३६ रन बनाएका थिए । मार्को जोन्सनले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २९ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका ७ ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न असफल भए । भारतका लागि अर्शदीपले ३ विकेट लिँदा वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट हात पारे । यसैगरी हार्दिक पाण्ड्या, रमनदीप सिंह र रवि बिश्नोईले एक एक विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि पहिला ब्याटिङ गर्दा भारतले उत्कृष्ट सुरुवात गरेको थियो । सञ्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो ।

उक्त साझेदारीलाई लुथो सिपामलाले तोडेका थिए । उनले छैटौं ओभरमा अभिषेकलाई क्लासेनको हातबाट क्याच आउट गरे । उनी ३६ रन बनाएर मैदानबाट बाहिरिए ।

त्यसपछि विकेटकिपर ब्याट्सम्यान सञ्जुसँग दोस्रो विकेटका तिलक बर्माले ८६ बलमा २१० रनको नटआउट साझेदारी गरे ।

दुवैको शतकीय पारीका कारण भारतको स्कोर २८० भन्दा माथि पुगेको थियो । सञ्जुले ५६ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०९ रन बनाए भने तिलक वर्माले ४७ बलमा १० छक्का र ९ चौकाको मद्दतले १२० रन बनाए । सामसनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक र तिलकले दोस्रो शतक बनाए । यी दुवैले यस सिरिजमा दुई–दुई शतक प्रहार गरेका छन् ।

रनको हिसाबले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हार भएको छ । यसअघि सन् २०२३ मा अस्ट्रेलियासँग १११ रनले पराजित भएको थियो । रनको हिसाबले यो खेल भारतको यो सबैभन्दा ठूलो जीतको सूचीमा तेस्रो स्थानमा समावेश भएको छ । गत वर्ष भारतले घरेलु मैदानमा न्युजिल्याण्डलाई १६८ रनले पराजित गरेको थियो भने २०१८ मा आयरल्याण्डलाई १४३ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह