२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली

३ मंसिर २०८१, सोमबार १५:२९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ ।

रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो ।

र्यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो । रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

उनले र्यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए ।

र्यालीको अन्त्य रंगशालास्थित कभर्ड हलमा एक कार्यक्रमबीच समापन भएको थियो । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ