2026-09-12 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनबारे के भन्छन् जनकपुरका प्रशिक्षक पुबुदु?

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो। यसअघि उद्घाटन खेलमा पनि जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटकै अन्तरले हराएको थियो।

कीर्तिपुरको मर्मत गरिएको नयाँ पिचमा अन्य टोलीहरूले ब्याटिङमा संघर्ष गरिरहँदा जनकपुरले भने सहज खेल प्रदर्शन गर्दै आफ्नो प्रभुत्व कायम राखेको छ। दुबै खेलमा लक्ष्य पछ्याउने क्रममा जनकपुरले दुई-दुई विकेट मात्र गुमाएको छ।

खेलबारे जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेले मैदानको विश्लेषण गरेर खेलका लागि तयारी गरेको खुलाए। ‘हामी मैदानको अवस्थाबारे सचेत थियौं। तीन खेलको विश्लेषण गर्दा अन्य टोलीका घरेलु खेलाडीहरूले पिचको उपयोग गर्न सकेनन्। तर, कर्णालीका गुल्सन र सोमपालले राम्रो ब्याटिङ गरे,’ पुबुदुले भने।
उनले अनिल साह र आसिफ शेखजस्ता अनुभवी ब्याटरको टोलीमा उपस्थितिलाई जनकपुरको भाग्यका रूपमा हेरे। ‘उनीहरू यहाँका बलरहरूको बारेमा राम्रो जानकारी राख्छन्, जसले टोलीलाई फाइदा पुगेको छ,’ उनले थपे।

पुबुदुले आफ्नो टोलीको तयारीबारे बताउँदै भने, ‘हाम्रो क्याम्प शान्त छ, र हामी योजनाअनुसार मैदानमा खेलिरहेका छौं। दुई खेलमा सफल भयौं, र अब बाँकी खेलका लागि पनि तयार छौं।’

यद्यपि, उनले आफ्नो टोलीको तल्लो क्रमको ब्याटिङमा अझै सुधारको आवश्यकता रहेको स्वीकार गरे।
जिमी निशमसहित टोलीका अन्य खेलाडीहरूको प्रदर्शनलाई सुधार गर्न छुट्टै योजना बनाएको दासानायकेले बताए।

यू-१९ टोलीबाट एसिया कप खेल्न युएई गएका हेमन्त धामी र आकास त्रिपाठी टोलीमा फर्किएपछि उनीहरूलाई खेलको अवस्था अनुसार मौका दिने योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस