Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, बिहान ८:३७ बजे
खेलकुद

एनपीएल: तेस्रो दिनको पहिलो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच हुदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ ।

खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेल खेल्न लागेको विराटनगर उद्घटान खेलमै जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । भने सुदूरपश्चिम रोएल्स लिगमा आफ्नो पहिलो खेल खेल्दैछ ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ भने दीपेन्द्र सिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम मैदानमा उत्रनेछ ।

पहिलो खेलमा पराजित भएको विराटनगर जितको खोजीमा छ भने सुदूरपश्चिम पनि सुखद सुरुवात गर्न चाहन्छ ।