२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगर किंग्सको लगतार दोस्रो हार, ९० रनले हरायो सुदूरपश्चिमले

१८ मंसिर २०८१, मंगलवार १२:१३

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्स्‌ले हराएको छ । मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हराएको हो।

सुदूरपश्चिम रोयल्स्‌ले दिएको १८३ रनको पछ्याएको विराटनगर किंग्सले १६ औं ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाएको हो।

विराटनगरका लागि बसिर अहमदले २४, राजेश पुलामी मगरले १५ र अनिल खरेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन र अभिनास बोहराले ३–३ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो ।

प्रतियोगितामा अहिलेसम्मको उच्च योगफलमा पुर्याउन सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले । इनिङको अन्तिम ओभरमा दीपेन्द्रले प्रतिश जिसीलाई ३ छक्का प्रहार गरेका थिए ।

सुदरपश्चिमका ब्रान्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए । यस्तै इशान पाण्डेले १६ बलमा २१ रन जोडे । बिराटनगरका स्पिनर अनिल खरेलले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए । यस्तै, बसिर अहमद क्रिस सोल र इस्मत आलमले १–१ विकेट बाँडे । प्रतिश र कप्तान सन्दीप लामिछाने विकेटविहिन रहे । विराटनगरको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव