Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १९ गते, बिहान १०:४० बजे
खेलकुद

एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्ध पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो ।

कर्णालीका लागि शिखर धवनले अर्धशतकीय पाली खेले | उनले ५१ बलमा अविजित रही ७२ रन बनाएका हुन् |

धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन बनाए ।

त्यस्तै, चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन बनाए । भने अर्जुन घर्ती ४ रन, ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

काठमाडौं गोर्खाजका जेरार्ड एरासमसले २ विकेट लिए | भने करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।