Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १९ गते, बिहान ११:४१ बजे
काठमाडौँ - KTM

काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले चौथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका लागि चौथो विकेटक रुपमा जिसन भिम शार्की ९ रनमा आउट भएका हुन् ।

यसअघी माइकल लेभिट २२ रनमा आउट भएका थिए । उनलाई कर्णालीका विपिन शर्माले आउट गरेका थिए । यसअघि स्टीफन एस्किनाजी ३ र शंकर राना ६ रनमा आउट भएका थिए ।

कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर ५२ रन बनाएको छ छ ।