काठमाडौं | नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले पाँचौं विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका लागि पाँचौं विकेटका रुपमा गुल्सन झाको बलमा जेरार्ड एरास्मस ३८ रनमा आउट भएका हुन् ।
यसअघी भिम शार्की ९ ,माइकल लेभिट २२, स्टीफन एस्किनाजी ३ र शंकर राना ६ रनमा आउट भएका थिए ।
कर्णालीले दिएको १५० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजले १७ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाएको छ । काठमाडौं गुर्खाजलाई जितका लागि ३ ओभरमा ३६ रन आवस्यक पर्ने भएको छ।