पढ्न करिब 1 मिनेट लाग्छ
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन्। आजको पहिलो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्सबिच हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।
एनपीएलमा लगातार दुई खेल जितेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ। भने पोखरा आज पहिलो जितको खोजीमा हुनेछ। जनकपुरले
यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाइ पराजित गरेको थियो भने पोखरा चितवन राइनोजसँग पराजित भएको थियो।
जनकपुरको नेतृत्व अनिल साहले गर्दै छन् भने पोखराबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।
आजै हुने दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौं दोस्रो जितको खोजीमा छ। यता पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा छ।
काठमाडौंको नेतृत्व करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै छन्।













