Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर २० गते, बिहान ९:१४ बजे
खेलकुद

एनपीएल : जनकपुरविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्स

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गर्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गर्ने भएको हो।

जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको कप्तान कुशल भुर्तेल छन्।

यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ।