2026-10-30 08:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चितवन राईनोले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा चितवन राईनोले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा चितवन राईनोले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको हो।

चितवन राईनोका लागि रबि बोपाराले अर्धशतकीय पाली खेले | उनले ४० बलमा ५९ रन बनाएका हुन् |  कुशल मल्लले २३ रन बनाए ।

कर्णाली याक्सका लागि बिपिन शर्माले ३ विकेट लिए । जिशान मकसुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

सुरुवाती दुई खेलमा हार ब्यहोरेको कर्णाली आज जितको खोजीमा रहने छ भने चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।

कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग तथा दोस्रो खेलमा काठमान्डुसँग हारेको थियो ।
त्यस्तै, कुशल मल्लको कप्तानीमा रहेको चितवनले सुरुवाती दुवै खेल जितेको छ । पहिलो खेलमा काठमान्डु गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ