२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोखरा भर्सेस लुम्बिनी: एकै खेलमा बने यी ५ ओटा नयाँ रेकर्डहरु!

२१ मंसिर २०८१, शुक्रबार १७:३०

काठमाडौँ | त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेल निकै रोमाञ्चक र अविस्मरणीय बन्यो। यसअघिका दुई खेलमा नराम्रो पराजय भोगेको लिगकै महँगो टिम पोखरा एभेन्जर्सले लुम्बिनीमाथि वर्षाएको रनका कारण रोमाञ्चकारी मात्र रहेन, अनेक रेकर्डहरुसमेत बने।

ब्याटिङ लाइनमा सबैभन्दा बलियो र आक्रामक देखिएको लुम्बिनीमाथि पोखराले जुन प्रकारको जित निकाल्यो सायद यो कालान्तरसम्म रहिरहनेछ। किनकी एकै खेलमा एकपछि अर्को रेकर्ड बनेका छन्। १२ औं खेल चलिरहँदा पोखरासामू लुम्बिनीले पहिले ब्याटिङ गर्दै १७१ रनको चुनौतीपूर्ण लक्ष्य सुम्पियो। तर, पोखराले त्यो लक्ष्य मात्र १६ दशमलव ५ ओभरमै विना विकेटको क्षतिमा भेट्टायो ।

यी हुन् आजको खेलमा बनेका नयाँ रेकर्डहरु:

ठूलो साझेदारी
लिगमा अहिलेसम्मकै ठूलो साझेदारीसमेत आजकै खेलमा बनेको छ। पहिलो विकेटका लागि १७६ रनको साझेदारी बनेको छ। पोखरा एभेन्जर्सका ओपनरद्वय आन्द्रे गौस र दिनेश खरेलले यति ठूलो साझेदारी गरेका हु्न्।

गौसले नटआउट १०४ रनको शतकीय पारी खेले। जहाँ उनले ५४ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे। यस्तै उनका सारथी दिनेश खरेलले नटआउट ६१ रनको अर्धशतकीय पारी खेले। उनले पनि ४६ बलमा चार चौका र चार छक्का प्रहार गरे।

यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्स विरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

सबैभन्दा छिटो अर्धशतक
लिगमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड पनि ब्रेक भएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको यो रेकर्डलाई आज पोखराका गौसले तोडे।

उनले मात्र २० बलमा अर्धशतक बनाए। ऐरीले विराटनगर किङ्सविरुद्ध २३ बलमा अर्धशतक प्रहार गरेका थिए।

पहिलो शतक
आजसम्म जम्मा १२ खेल सम्पन्न भएकोमा अर्धशतकहरु धेरै प्रहार भए पनि शतक प्रहार गर्न कसैले सकेको थिएन। तर आज त्यो पनि भएको छ।

गौसले पोखराका लागि एनपीएलमा पहिलो शतक प्रहार गरे। मात्र ५४ बलमै १२ चौका र पाँच छक्काको प्रहार गर्दै शतक बनाए।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेलले नै लिगमा सबैभन्दा धेरै ९५ रन बनाएका थिए।

शतकसँगै अर्धशतक बनेको पहिलो खेल

साथै लिगमा एकै खेलमा शतकसँगै अर्धशतकसमेत बनेको यो पहिलो खेल हो।

गौसले नटआउट १०४ रनको शतकीय पारी खेले। जहाँ उनले ५४ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे। यस्तै उनका सारथी दिनेश खरेलले नटआउट ६१ रनको अर्धशतकीय पारी खेले। उनले पनि ४६ बलमा चार चौका र चार छक्का प्रहार गरे।

 १० विकेटको जित
जारी लिगमा कुनै पनि खेलमा यति ठूलो जित यो पहिलो हो। १७१ रनको लक्ष्य एक विकेट पनि नगुमाइ ३ ओभर बाँकी रहँदै भेट्नु चानचुने थिएन। तर पोखराले त्यो पूरा गरेर। एक रेकर्ड नै बनायो। त्यसअघि जनकपुरले कर्णालीमाथि ८ विकेटको जित निकालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव