२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोखरा भर्सेस लुम्बिनी: एकै खेलमा बने यी ५ ओटा नयाँ रेकर्डहरु!

२१ मंसिर २०८१, शुक्रबार १७:३०

काठमाडौँ | त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेल निकै रोमाञ्चक र अविस्मरणीय बन्यो। यसअघिका दुई खेलमा नराम्रो पराजय भोगेको लिगकै महँगो टिम पोखरा एभेन्जर्सले लुम्बिनीमाथि वर्षाएको रनका कारण रोमाञ्चकारी मात्र रहेन, अनेक रेकर्डहरुसमेत बने।

ब्याटिङ लाइनमा सबैभन्दा बलियो र आक्रामक देखिएको लुम्बिनीमाथि पोखराले जुन प्रकारको जित निकाल्यो सायद यो कालान्तरसम्म रहिरहनेछ। किनकी एकै खेलमा एकपछि अर्को रेकर्ड बनेका छन्। १२ औं खेल चलिरहँदा पोखरासामू लुम्बिनीले पहिले ब्याटिङ गर्दै १७१ रनको चुनौतीपूर्ण लक्ष्य सुम्पियो। तर, पोखराले त्यो लक्ष्य मात्र १६ दशमलव ५ ओभरमै विना विकेटको क्षतिमा भेट्टायो ।

यी हुन् आजको खेलमा बनेका नयाँ रेकर्डहरु:

ठूलो साझेदारी
लिगमा अहिलेसम्मकै ठूलो साझेदारीसमेत आजकै खेलमा बनेको छ। पहिलो विकेटका लागि १७६ रनको साझेदारी बनेको छ। पोखरा एभेन्जर्सका ओपनरद्वय आन्द्रे गौस र दिनेश खरेलले यति ठूलो साझेदारी गरेका हु्न्।

गौसले नटआउट १०४ रनको शतकीय पारी खेले। जहाँ उनले ५४ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे। यस्तै उनका सारथी दिनेश खरेलले नटआउट ६१ रनको अर्धशतकीय पारी खेले। उनले पनि ४६ बलमा चार चौका र चार छक्का प्रहार गरे।

यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्स विरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

सबैभन्दा छिटो अर्धशतक
लिगमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड पनि ब्रेक भएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको यो रेकर्डलाई आज पोखराका गौसले तोडे।

उनले मात्र २० बलमा अर्धशतक बनाए। ऐरीले विराटनगर किङ्सविरुद्ध २३ बलमा अर्धशतक प्रहार गरेका थिए।

पहिलो शतक
आजसम्म जम्मा १२ खेल सम्पन्न भएकोमा अर्धशतकहरु धेरै प्रहार भए पनि शतक प्रहार गर्न कसैले सकेको थिएन। तर आज त्यो पनि भएको छ।

गौसले पोखराका लागि एनपीएलमा पहिलो शतक प्रहार गरे। मात्र ५४ बलमै १२ चौका र पाँच छक्काको प्रहार गर्दै शतक बनाए।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेलले नै लिगमा सबैभन्दा धेरै ९५ रन बनाएका थिए।

शतकसँगै अर्धशतक बनेको पहिलो खेल

साथै लिगमा एकै खेलमा शतकसँगै अर्धशतकसमेत बनेको यो पहिलो खेल हो।

गौसले नटआउट १०४ रनको शतकीय पारी खेले। जहाँ उनले ५४ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे। यस्तै उनका सारथी दिनेश खरेलले नटआउट ६१ रनको अर्धशतकीय पारी खेले। उनले पनि ४६ बलमा चार चौका र चार छक्का प्रहार गरे।

 १० विकेटको जित
जारी लिगमा कुनै पनि खेलमा यति ठूलो जित यो पहिलो हो। १७१ रनको लक्ष्य एक विकेट पनि नगुमाइ ३ ओभर बाँकी रहँदै भेट्नु चानचुने थिएन। तर पोखराले त्यो पूरा गरेर। एक रेकर्ड नै बनायो। त्यसअघि जनकपुरले कर्णालीमाथि ८ विकेटको जित निकालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ