2026-09-19 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएल: जनकपुरविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ ।

टी-यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जनकपुरले ब्याटिङ गर्दैछ ।

यसअघि भएका तीन/तीन खेलमध्ये लुम्बिनी लायन्सले सबै खेल गुमाएको छ भने जनकपुरले सबैमा जीत हात पारेको छ ।

जनकपुरले उद्घाटन खेलमै विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । त्यसपछि कर्णाली याक्सलाई पनि सोही नतिजामा हराएको जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित हासिल गरेको थियो ।

कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ ।

एकातर्फ जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ ।

जनकपुरको प्लेइङ-११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन् ।

यस्तै, लुम्बिनी लायन्सको प्लेइङ-११ मा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ