2026-10-30 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एनपीएलमा हालसम्मका उत्कृष्ट खेलाडी, कसले पाउला ओमोडाको गाडी?

काठमाडौँ | मंसिर १५ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा ९ दिनमा १५ खेल सम्पन्न भएका छन्। ८ फ्रेन्चाइज टिममध्ये जनकपुर बोल्ट्सले चार खेलमा लगातार जित निकालेको छ। सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले तीन-तीन खेल जितेका छन्। काठमाडौ गुर्खाज, पोखरा एभेन्जर्स, र विराटनगर किङ्सले एक-एक खेल जिते भने लुम्बिनी लायन्सले अहिलेसम्म जित निकाल्न सकेको छैन।

त्रिवि मैदानमा जारी लिगमा १७ खेल अझै बाँकी छन्। दर्शकको चासो र समर्थनले एनपीएललाई नेपाली क्रिकेटको नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यिनैमध्ये एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडा गाडी दिने घोषणा गरिएको छ। उत्कृष्ट ब्याट्सम्यान, बलर, र अलराउन्डरमध्येबाट एक जनालाई गाडी प्रदान गरिनेछ।

सर्वाधिक रन बनाउने खेलाडी:

रोहित पौडेल (लुम्बिनी लायन्स): १८१ रन (चार खेल)

सबैभन्दा बढी रन बनाउने अहिलेसम्मका नेपाली खेलाडीमा रोहित पौडेल रहेका छन्। ओभरसिजका खेलाडीलाई समेत पछि पार्दै उनी पहिलो स्थानमा रहेका छन्। हालसम्म राष्ट्रिय टोलीका समेत कप्तान रहेका लुम्बिनी लायन्सका मार्की पौडेलले चार खेलमा एक जित निकाल्न नसके पनि सर्वाधिक १८१ रन बनाएका छन्। उनको उच्च स्कोर भनेकोचाहिँ पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन रहेको थियो। पौडेल चार खेलमा १५५.३१ को स्ट्राइक रेटमा १८१ रन बनाएका हुन्।

दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम रोयल्स): १४० रन (चार खेल)

सर्वाधिक रनकर्ताको नेपाली खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। उनले तीन म्याच खेल्दा २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ४० रन बनाएका छन्। चौथो खेलमा चितवन राइनोजविरुद्ध भने ऐरीको ब्याट चल्न सकेन। उनी एक रन बनाएर पेभिलियन फर्किएका थिए। उनले तीन खेलमा १४० रन बनाउँदै उत्कृष्ट स्ट्राइक रेट (२०४.४१) कायम गरेका छन्।

अनिलकुमार साह (जनकपुर बोल्ट्स): ११३ रन (चार खेल)

नेपाली खेलाडीको सूचीमा तेस्रो नम्बरमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह रहेका छन्। उनले चार खेलमा अविजित हुँदा ११३ रन बनाएका छन्।

विवेक यादव (लुम्बिनी लायन्स): ९८ रन(चार खेल)

यसैगरी लुम्बिनी लायन्सका विवेक यादव चौथो नम्बरमा छन्। हालसम्म उनले ९८ रन बनाएका छन्।

लोकेश बम (विराटनगर किङ्स): ९७ रन (चार खेल)

खेलको पाँचौ स्थानमा रहेका नेपाली खेलाडी लोकेश बम हुन्। बिराटनगर किङ्सको पहिलो जितका लागि महत्वपूर्ण ७१ रनको पारी खेलेका उनले हालसम्म ९७ रन बनाएका छन्।

सर्वाधिक विकेट लिने खेलाडी:
ललित राजवंशी (जनकपुर बोल्ट्स): ८ विकेट, ८८ रन (९६ बल)
विपिन शर्मा (कर्णाली याक्स): ६ विकेट, ५९ रन(७२ बल)
अविनाश बोहरा (सुदूरपश्चिम रोयल्स): ६ विकेट, ९५ रन(८४ बल)
रिजन ढकाल (चितवन राइनोज): ६ विकेट, १०० रन(८३ बल)

अब बाँकी रहेका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमोडा गाडीको दाबेदारी बलियो बनाउन सक्नेछन्। साथै, फाइनलसम्मका खेलहरूमा अझ रोमाञ्चक रन र विकेटको वर्षा हुने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ