काठमाडौं | नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजबिरुद्ध लुम्बिनीले खराब सुरुवात गरेको छ ।
लुम्बिनीले ६ ओभरको समाप्तिमा तेस्रो विकेट गुमाएर १६ रन मात्र बनाएको छ।
लुम्बिनीका लागि ओपनर आशुतोष घिरैया ४, टम मुर्स ६ र अर्जुन साउद ३ रनमा आउट भएका छन् ।
गुर्खाजका लागि दीपेश कँडेलले २ तथा गेर्हार्ड इरास्मसले १ विकेट लिएका छन् । अहिले रोहितकुमार पौडेल र उन्मुक्त चन्द क्रिजमा छन् ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले लुम्बिनीलाई १०४ रनको लक्ष्य दिएको थियो।