2026-08-20 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान ४–४ खेल खेलेका छन् जसमा दुवैले एकमा जित र तिनमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।

त्यस्तै, आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

जनकपुर अनिलकुमार शाह र काठमाडौं करण केसीको नेतृत्वमा मैदानमा उत्रिँदै छन् । आजको खेलमा जनकपुर पाँचौं जितसहित शीर्षस्थानमा उक्लने योजनामा छ भने काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।

यसअघि पाँच खेल खेलेको जनकपुरले ४ मा जित र एकमा हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । भने चार खेल खेलेको काठमाडौंले दुईमा जित र दुईमा हार बेहोरेर ४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध