काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिले बलिङ गर्ने निर्णय लिँदै सुदूरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । आजको खेल जितेको एक खेल अगावै शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुग्नेछ । पोखरा भने एनपीएलको उपाधि होडबाट बाहिरिसकेको छ ।