2026-10-09 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् । प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टुंगो लाग्नमात्र बाँकी छ । बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ | अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन् ।

हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ ।

कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ । जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ । यस्तै लक्ष्य पछ्याएमा हवस्था हेरेर १५/१६ ओभरमा पूरा गर्नुपर्नेछ ।

सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ । यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल