2026-10-30 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला यू–१९ एसिया कप: सुपर चारमा आज नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ११:४५ बजे सुरु हुनेछ ।

एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन् ।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् । सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ ।

सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल भिडन्त आइतबार बिहान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ