२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिता विजुवार सम्पन्न

२०७४, २५ असार आईतवार १३:२७

स्मृती घर्ती मगर/असार २५, प्यूठान । लगातार ३ दिन सम्म सञ्चालित नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको आज गणतान्त्रिक खेलकुद मैदान विजुवारमा समापन तथा पुरस्कार वितरण गरिएको छ।

नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको समापन  कार्यक्रमका प्रमुख अतिथी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती रहनु भएको थियो ।

प्रतियोगितामा प्यूठान नगरपालिकाका भित्रका १० ओटा वाल समुहले भाग लिएका थिए। जस अन्तरगत प्रथम आयोजक नगर स्तरिय वाल सञ्जाल प्यूठान, व्दितिय डेउराली वाल सञ्जाल चितीखोला र तृतिय गाैमुखी वाल क्लव भलावाङ भएका छन्। प्रथम, व्दितिय र तृतिय हुन सफल वाल क्लवला ई क्रमस २० हजार मेडल र प्रमाण पत्र,  १५ हजार मेडल र प्रमाण पत्र  र १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईले जानकारी दिनु भएको छ।

चालु आर्थिक वर्ष ०७३/७४ अन्तरगत वालवालिका लक्षित कार्यक्रम तर्फवाट १ लाख वरावरको लागतमा उक्त क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो। समापन कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती,उपमेयर शान्ता आचार्य, प्यूठान नगरपालिकाका वार्ड नं ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, कार्यकारी अधिकृत नारायण प्रसाद भण्डारी लगायतको उपस्थित रहेको थियो।

उक्त क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलको 'म्यान अफ द म्याच'को मेडल यनी गहतराजले पाउनु भएको छ। दोस्रो सेमीफाइनलको 'म्यान अफ द म्याच'को मेडल प्रदिप एम सीले पाउनु भएको छ। भने तेस्रो सेमीफाइनलको 'म्यान अफ द म्याच'को मेडल सेवक शाहले पाउनु भएको छ। त्यस्तै 'म्यान अफ द सिरिज'को मेडल यनी गहतराजले ९० रन र ५ विकेट लिएर प्राप्त गर्नु भएको छ।

साथै नगर स्तरिय वाल सञ्जाल प्यूठानलाई लामो समय देखी सहयोग गर्दै आउनु भएका प्यूठान नगरपालिकाका वालवालिका सम्पर्क व्यक्ती सुजना चाैधरीलाई सम्मान समेट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना