२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा नेट बल खेलको प्रशिक्षण शुरु

२०७४, ३१ असार शनिबार ०३:३०

असार ३१, पोखरा । यहाँ पहिलो पटक शुक्रबारदेखि नेट बल प्रशिक्षण शुरु भएको छ । 

नेपाल नेट बल संघले पश्चिमाञ्चल विकास क्षेत्रलाई केन्द्रित गर्दै शुरु गरेको प्रशिक्षणमा ४० जनाको सहभागिता छ । सन् १८०० मा अमेरिकाबाट शुरु भएको नेट बल खेल अधिकांश देशमा खेल्ने गरिन्छ । 

नेपालमा छ वर्षअघि भित्रिएको नेट बल खेल राजधानी केन्द्रित रहे पनि यसलाई नेपालभर विस्तार गर्न प्रशिक्षण शुरु गरिएको संघका महासचिव दीपक लामाले बताउनुभयो । 

एक सय फिट लम्बाइ र ५० फिट चैडाइ रहेको खेल मैदानमा सात÷सात खेलाडीले खेल्न सक्ने छन् । विशेष गरी महिलाका लागि भनिएको यो खेलमा अहिले पुरुषसमेतको सहभागिता रहने गरेको छ । 

हाल नेपालमा यो खेलका ४० प्रशिक्षक छन् । खेल विस्तारका लागि विद्यालय केन्द्रित गरिएको छ । चार दिनसम्म चल्ने सो कार्यक्रममा अष्ट्रेलियाली प्रशिक्षक स्टेफेनी एन्डरशनले प्रशिक्षण दिने कार्यक्रम छ । 

प्रशिक्षणको शुभारम्भ कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले नेट बलको खेलले यस क्षेत्रका महिलाको सशक्तीकरणमा राम्रो भूमिका खेल्न सक्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना