2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित

काठमाडौं । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेशविरुद्ध नेपालले पहिलो हार व्यहारेको छ ।

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध ५ विकेटले हार व्यहारेको हो ।

नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

बङ्गलादेशका लागि सदिया इस्लामले सर्वाधिक १६ रन जोडिन् । यसैगरी कप्तान सुमैया अक्तरले १२ रन बनाउँदा असिमा इरा ९ रनमा नटआउट रहिन् ।

बलिङतर्फ नेपालकी कप्तान पूजा महतो, रिया शर्मा, सिमाना केसी र रचना चौधरीले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनकोमात्रै बनाएको थियो |

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाएकी थिइन् | त्यस्तै, नेपालका लागि कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भएकी थिइन् । ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट हुँदा सिमाना केसीले १० रन जोडेकी थिइन् ।

बलिङतर्फ बंगलादेशकी जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १-१ विकेट लिएकी थिइन् ।

यू-१९ मा नेपालले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई