2026-10-31 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित

काठमाडौँ | काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन्। त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए। त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो।

यस अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१ रनको योगफल तयार पारेको थियो। भ्रमणकारी टोलीका लागि क्याप्टेन बेबेट डी लिडले ४१ र हेथर सेइगर्सले २६ रनको योगदान गरे। फेबी मोल्केन्बोर र रोबिन रिकेले समान २१ रन बनाए।

नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन्। इनिङ्सको १८ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएकी उनले मात्र एक रन खर्चेर ३ विकेट लिएकी हुन्।
२०औं ओभरमा उनले थप २ विकेट लिइन्। मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु बर्माले समान एक विकेट लिए। सुरुवाती तीन ओभरमा मात्र ११ रन दिएकी रुबिना क्षेत्रीले आफ्नो चौथो ओभरमा भने १२ रन दिइन् ।उनले विकेट लिन सकिनन्। पूजा महतो र रेवती रावल भने महंगो सावित भए।

यो नेपालको लगातार तेस्रो हार हो। यसअघि नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो। बिहीबार नेदर्ल्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो। हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ।

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन्। हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन्। तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ