काठमाडौं । साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो ।
अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरेका थिए ।
यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्याएका छन् ।
रोनाल्डोले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत गरे |
यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।