2026-10-30 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ।

नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् ।

नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो भने म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो ।
म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो।

नेपाल र म्यानमारबिच अहिलेसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो ।

आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ।

आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो