2026-10-31 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

ललितपुर । चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ ।

दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक जित्यो । एपिएफले ५० हजार हात पार्यो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो। उसले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गर्यो। उसलाई २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा पुरूषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । दुवैलाई जनही २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बने । उनीहरूलाई अन्तराष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ । बागमती प्रदेश अनुशासित टिम बन्यो ।

प्रतियोगिताको अन्तिम दिन आज महिला ६८ केजी माथीको तौल समुहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८–० को फराकिलो अन्तरले पराजित गरिन् ।

६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भईन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४–३ को स्कोरमा पाखा लगाइन् । एपिएफकी बिनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कास्य पदक प्राप्त गरे ।

महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२–२ को सहज सकोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए ।

पुरूष ६० केजीमा एपिएफका मीन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका राकेश लामालाई ९–१ को स्कोरमा माथ दिए । बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए ।

८४ केजी माथीको स्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९–० ले पराजित गर्दै स्वर्ण जिते । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा सात प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडीको सहभागीता रहेको थियो । नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा कुल १७ स्पर्धामा खेलाडीहरूले भाग लिएका थिए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्मे खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह