2026-10-31 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाण्डौ । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो । यस सँगै फाइनल खेलमा न्युजिल्यान्ड र भारत खेल्ने भएका छन् ।

यस अघि भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट अघि बढ्न सकेन । ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन मात्र बनायो ।

दक्षिण अफ्रिकाका डेविड मिलरले नटआउट १ सय रन बनाए । रस्सिभानडर दुसेन ६९ र कप्तान तेम्बा बावुमाले ५६ रन जोडे ।

न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।

यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि रचिन रविन्द्रले सर्वाधिक १ सय ८ रन बनाए । केन विलियमसनले १ सय २ रन बनाए ।

दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए । न्युजिल्यान्ड फाइनलको लागि दुबई जानेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह