2026-10-31 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर, यस्ता छन् पुरूष र महिला टोलीले खेल्ने अन्तर्राष्ट्रिय खेलहरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुने छैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् ।

क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछन् ।

सन् २०२५ मा नेपाल प्रिमियर लिग, जय ट्रफी पुरुष एलिट कप, नेपाल ए टिम सिरिज, पिएम कपजस्ता घरेलु प्रतियोगिता खेल्ने नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय कार्यक्रममा पनि उत्तिकै सहभागीता जनाउनेछ ।

ती यसप्रकार छन्,

  • हङकङ सिरिज (अप्रिल ९-१३- हङकङ, नेपाल, कतार, नामिबिया)
  • विश्वकप लिग-२ अघि युके भ्रमण (मे १५-३०)
  • आइसिसी विश्वकप लिग-२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स- जुन २-१२)
  • स्कटल्याण्डविरुद्ध नेपाल टी-२० सिरिज
  • टी-२० विश्वकप छनोटको तयारी (श्रीलंका)
  • भारतका विभिन्न स्थानमा पकेट क्याम्प
  • अस्ट्रेलियाको नेपाल भ्रमण (टी-२० विश्वकप छनोट तयारी)
  • टी-२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
  • विश्वकप छनोट (अक्टोबर १-१७,ओमान)
  • यूएईमा विश्वकप लिग-२ (युएई, अमेरिका,नेपाल- अक्टोबर २३-नोभेम्बर ४)
  • हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
  • ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग-२ र ओमानसँग तीन खेलको टी-२० सिरिज (डिसेम्बर २०२५)

क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको बताएको छ ।

यसैगरी महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह