काठमाडौँ | युगान्डामा जारी वुमन्स डे टी–२० सिरिजको तेस्रो स्थानका लागि हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
खेल आइतबार दिउँसो १२ः४५ बजे सुरु हुनुपर्ने थियो । तर, भारी वर्षाका कारण टससमेत हुन नपाइ खेल रद्द भयो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थान भएको थियो ।
नेपालले सिरिजमा ६ मध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकाल्यो । सिरिजको उपाधिका लागि आइतबार आयोजक युगान्डा र नामिबिया खेल्दै छन् ।