Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
८ माघ २०८२, बुधबार
खेलकुद

खेलकुद मन्त्रि केसीद्धारा आइटिएफ र डब्लूटिएफ तेक्वान्दो एक हुन सुझाव

२३ श्रावण २०७४, सोमबार ०१:४६

नेपालमा आइटिएफ तेक्वान्दो संस्थागत रुपमा स्थापना भएको २० बर्ष पुरा भएको छ । २० औं बर्षगाठको विषेश अवसरमा आइतबार आयोजित समारोहको युवा तथा खेलकुद मन्त्रि राजेन्द्र बहादुर के।सीले उद्घाटन गर्नु भयो ।
समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्रि के।सीले मार्शल आर्टसको क्षेत्रमा आइटिएफ तेक्वान्दोको सक्रियता महत्वपूर्ण देखिएको बताउदै आइटिएफ र डब्लूटिएफ तेक्वान्दोको एकतामा जोड दिनु भयो । यो दुई खेलको एकताका लागी आफुले सहयोग गर्न   चाहेको र आवश्यक परेको खण्डमा सहजीकरण समेत गर्ने बताउनु भयो ।
राष्ट्यि खेलकुद परिषदमा निष्क्रिय रहेका संघहरु खरेजीको प्रक्रियमा अगाडी बढाउने उहांले बताउनु भयो । काम न काजका संघहरुको भारी बोक्नु आवश्यक छैन । बिदेशमा नामै नसुनिएका खेलका संघहरु नेपालमा रहेको पाइएकाले दर्ता भएका संघहरु अध्ययन गरिरहेको मन्त्रि के।सीले बताउनु भयो । खेलकुदको विकासका लागी सबै एक ठाउंमा रहनु पर्ने बताउदै उहांले अन्तराष्ट्यि जगतमा देशको नाम चिनाउन नेपाली खेलाडीहरुले देखाएको सक्रियता र प्राप्त गरेको सफलताको प्रशंसा गर्नु भयो ।
सो अवसरमा मन्त्रि के।सीले नेपाल आइटिएफद्धारा घोषणा गरिएको बर्षका उत्कृष्ठ खेलाडी, प्रशिक्षक तथा जिल्ला संघलाई सम्मान र मृगौला पिडित खेलाडीलाई राहात प्रदान गर्नु भयो । सम्मानित खेलाडीहरुमा पुरुष तर्फ नेपाल आर्मिका पूर्ण बहादुर मगर, महिला उत्कुष्ठ खेलाडी तर्फ भक्तपुरकी सोनी खड्का, उत्कृष्ठ प्रशिक्षक तर्फ बागलुङका घम बहादुर थापा रहेका छन । यसै गरी पश्चिमान्चलको नवलपराशि उत्कृष्ठ जिल्ला संघको रुपमा पुरस्कृत भएको छ । यसै गरी दुवै मृगौलाबाट ग्रस्त पाल्पाका प्रशिक्षक सुरज थापालाई नगद ५० हजार राहत सहयोग गरिएको थियो ।
नेपाल आइटिएफका अध्यक्ष अन्जन धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल, राखेप सदस्य अर्जुन के।सी, बरिष्ठ अधिकृत कमल खनाल, धु्रब घिमिरे लगायतले शुभ कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठको स्वागत र कोषाध्यक्ष बासुदेव भट्टको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता