३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल, केसीले लिए पहिलो विकेट

२६ जेष्ठ २०८२, आईतवार १६:०४

काठमाडौँ | आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भर्खरै सुरु खेलमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको छ । करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे ।

नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।

प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ