२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्ससँगको खेलअघि नेपाललाई धक्का, सोमपाल र गुल्शन चोटका कारण बाहिर

२०८२, २८ जेष्ठ मंगलवार १५:२२

काठमाडौँ । स्कटल्यान्डमा जारी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलअघि नेपाली क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ। टोलीका दुई प्रमुख अलराउन्डर सोमपाल कामी र गुल्शन झा चोटका कारण नेदरल्यान्ड्सविरुद्ध आजको खेलमा सहभागी नहुने भएका छन्।

दुबै खेलाडी अघिल्लो खेलमा लागेको चोटका कारण आजको प्लेइङ ११ मा रहने छैनन्। स्कटल्यान्डविरुद्धको अघिल्लो खेलमा सोमपालले नेपालको इनिङलाई सम्हाल्दै शानदार प्रदर्शन गरेका थिए। ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्याटिङ क्रम कमजोर देखिँदा सोमपालले आठौं नम्बरमा ब्याटिङ गर्दै ४४ बलमा ६७ रनको उत्कृष्ट पारी खेलेका थिए। यद्यपि, उनको प्रयासले खेल जिताउन भने सकेनन्।

यस्तै, गुल्शनले पनि श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जितमा महत्त्वपूर्ण योगदान दिएका थिए।

सोमपालको स्थानमा नन्दन यादवलाई टोलीमा स्थान दिन सकिने देखिएको छ। उनी पनि सोमपालसरह फास्ट बलिङ अलराउन्डर हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन