रामबहादुर थापा। भदौ २०, बाग्लुङ। धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामबहादुर थापा। भदौ २०, बाग्लुङ। धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । 

८ माघ २०८२, बुधबार
खेलकुद

बाग्लुंगमा ‘फुटसल’ को आकर्षण बढ्दो

२० भाद्र २०७४, मंगलवार ०७:५९

रामबहादुर थापा। भदौ २०, बाग्लुङ। धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । 

कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका लागि फुटसल खेल्नको संख्या दैनिक बढ्दो छ । 

फुटसलका सञ्चालक राजु केसीका अनुसार मासिक एकमुष्ट भुक्तानी गरेर खेल्नेको मात्रै सात समूह छ । पाँच जनाको समूहमा खेलिने फुटसलका लागि खेलाडीले मासिक रु ३० हजार बुझाउने गरेका छन् । “शुरु गरेको छ महिनामै राम्रो प्रतिक्रिया आएको छ, हामी उत्साहित छौँ” सञ्चालक केसीले भन्नुभयो । केसीसहित चार युवा मिलेर रु सवा करोड लगानीमा फुटसल सञ्चालनमा ल्याइएको हो । खेल मैदान, रेष्टुराँ, स्नुकर हाउसलगायत संरचना बनाउँदा लगानी थप बढेको सञ्चालकको भनाइ छ । 

“हालसम्म संरचना र पूर्वाधार तयारीमा लगानी ग¥यौँ, अब नाफा लिने समय आउँदैछ”, केसीले भन्नुभयो । फुटसलले खेलकुदको प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन र खेल पर्यटनका क्षेत्रमा टेवा पु¥याएको छ । खेलाडीका अतिरिक्त बिहान, बेलुकाका समयमा फुटसल हेर्न जाने दर्शकको संख्या पनि उत्तिकै छ । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालित फुटसल बिहान ५ बजेदेखि राति १० बजेसम्म खुला हुने गरेको छ । 

बिहान र बेलुकीको मुख्य समयमा फुटसल मैदान अति व्यस्त हुने गरेको अर्का सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो । “प्राइम टाइममा विभिन्न समूहले महिनाभरिलाई समय किन्ने गरेका छन्”, श्रेष्ठले भन्नुभयो “नयाँ आउने खेलाडीलाई समय व्यवस्थान गर्न गाह्रो भएको छ ।” बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्म एक समूहले रु एक हजार ५०० र दिउँसो रु एक हजार तिर्नुपर्ने व्यवस्था छ । नियमित फुटसल खेल्ने अधिवक्ता राम शर्माले आफू स्वास्थ्यका निम्ति खेलिरहेको प्रतिक्रिया दिनुभयो । 

“इनडोर भएकोले जुनसुकै समय र मौसममा खेल्न सकिन्छ”, उहाँले भन्नुभयो “फुटसलले खेलकुदप्रति आकर्षण थपेको छ ।” फुटसल खेल्नेमा पेशाकर्मी र व्यवसायीको संख्या बढी छ । नयाँ पुस्ताका युवा पनि फुटसलप्रति उत्तिकै आकर्षित छन् । फुटसलले खुला घाँसे मैदानमा खेलिने फुटबल खेलमा राम्रो सहयोग पु¥याउने खेलाडी बताउँछन् । केसी, श्रेष्ठ, सज्जन आचार्य, र प्रदीप शर्माले मासिक रु ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा लिएर फुटसल मैदान बनाएका हुन् । 

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ । विशेष गरी शहरी युवामाझ लोकप्रिय बनेको फुटसलले हालै मात्र औपचारिक मान्यता पाएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटसल लिग शुरु गरेपछि आधिकारिकता पूरा भएको हो । फुटसल खेलको औपचारिक शुरुआत सन् १९३० को विश्वकप फुटबलपछि उरुग्वेबाट शुरु भएको हो । चालीस मिनेट खेलाइने फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता