2026-10-05 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई

2025-07-03
काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ । आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो । उपाधिसँगै डडेल्धुराले रु दुई लाख पुरस्कार तथा कञ्चनपुरले रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।
  कैलालीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । उनानब्बे रनको विजयी लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरको पारी नौ विकेट गुमाउँदै ८३ रनमा समेटियो ।
डडेल्धुराका लागि हीरा साउदले २४ रनको अविजित पारी खेलिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । बलिङतर्फ कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । बलिङतर्फ मनिषा खत्री र हीरा साउदले २–२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १–१ विकेट लिइन् ।
विजेता तथा उपविजेता खेलाडीलाई  सुदूरपश्चिम  प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्कालगायतले पुरस्कार वितरण गरे । प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १२ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका  ८ जिल्ला सहभागी थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता