२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीमा खुल्ला नकआउट फुटवल प्रतियोगीता

२०७४, २६ भाद्र सोमबार ०२:२०

मो. ईजहार शेष | भदौ २६, परासी | नवलपरासीमा  खुल्ला नक आउट पुरुष फुटवल प्रतियोगीता सुरु भएको छ  । हिमालय युवा क्लव सरावल  नवलपरासीको आयोजनामा  भएको सो प्रतियोगीता आईतवार एक समारोह बिच पुर्व गृह राज्य मन्त्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम् पुर्व हक्की खेलका अन्तराष्ट्रिय खेलाडी देवेन्द्रराज कण्डेलले उद्घाटन  गर्नुभएको थियो  । प्रतियोगीताको उद्घाटन गर्दै कण्डेलले यस क्षेत्रमा खेल स्टेडिम आवश्यक भएकोले सरकारले यस तर्फ ध्यान दिनुपर्ने माग गर्नुभयो ।


सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी कण्डेलले खेल र खेलाडीका कारण देशको नाम विदेश माझ उच्च भएकाले सरकारले खेल र खेलाडीलाई आवश्यक प्रबद्र्धन गर्नुपर्ने आवश्यक बताउनुभयो ।

प्रतियोगीतामा प्रथम बिजयी हुने टिमले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र पाउने छन् भने द्धिद्धिय हुने टिमले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा जिल्लाका १५ टिमको सहभागीता रहेको छ  । 

प्रतियोगीताको उद्घाटन समारोहमा कार्यक्रममा बिशेष अतिथी समाजसेवी एवंम् नेपाल कांग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन कुमार पोखरेलले आफुले यस क्षेत्रको चौतर्फी विकासकालागी आर्थिक सहित सबै तवरबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  ।

 क्लवका अध्यक्ष नरेश फैजदारको अध्यक्षतामा भएको सो कार्यक्रममा  रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवंर , सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरी उपप्रमुख उत्तमा राय ,  कार्यकारी अधिकृत झविश्वर रेग्मी  ,  समाजसेवी सुखाडी प्रसाद चौधरी ,  नेपाली कांग्रेसका सरावल गाउँपालिकाका संयोजक  बिनोद कुमार पाण्डे  , संघीय समादवजादी फोरम नेपालका प्रतिनिधी हरिलाल यादव  ,  रुपैलिया हेल्थपोष्ट प्रमुख  अशोक पाण्डे  , क्लवका पूर्व अध्यक्ष महेन्द्र चौधरी  लगाएतले आ आफ्ना बिचार राख्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना