प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । 

जिल्लामा बढ्दो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । 

जिल्लामा बढ्दो"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेह्रथुममा प्रदेश न. १ स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

३० भाद्र २०७४, शुक्रबार ०१:४०


प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । 

जिल्लामा बढ्दो व्याडमिन्टन मोह र सो खेलको विकासका लागि तेह्रथुम व्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । 

पर्यटन प्रवर्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित पुर्वका धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टिम सहभागी छन् । ४५ वर्षमाथिले मात्रै खेल्न पाउने गरी आयोजित भेट्रान्ततर्फ १६ टिम सहभागी छन् । प्रतियोगितामा विजयी हुनेलाई नगद ४० हजारसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संघका अध्यक्ष नारायणलाल श्रेष्ठले बताउनुभयो । 

यस्तै दोश्रो र तेस्रो हुनेले क्रमशः नगद रु. २५ र १५ हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै भेट्रान्सतर्फ प्रथम हुने टिमले २० हजार, दोश्रो हुने टिमले १५ हजार र तेश्रो हुने टिमले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 


गतवर्ष यहाँका चार जना युवाहरुले व्यक्तिगत लगानीमा कवर्ड हल निर्माण गरेपछि सो हलमा जिल्लामै पहिलो पटक ठुलो व्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो । यहाँका महेश आचार्य, सन्तोष बराल, तेजु खड्का र राजबहादुर थापाले निजी लगानीमा तेह्रथुम कबर्ड हल बनाएका थिए । 

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आवसको समेत व्यवस्था आयोजक आफैँले गरेको छ । प्रतियोगिता सन्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता