ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्यमन्त्री चन्दद्वारा उद्घाटन

७ आश्विन २०७४, शनिबार १३:५९


ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्धारा आयोजित प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्य मन्त्री नर बहादुर चन्दले उद्घाटन गरेका हुन् ।

वाणिज्य राज्य मन्त्री चन्दले स्ववियु सभापति जगत बहादुर ऐरलाई बल हस्तान्त्ररण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राज्य मन्त्री चन्दले खेलले मान्छेलाई स्वस्थ अनि तन्दुरस्त बनाउने भन्दै सुदूरपश्चिको पहाडी जिल्लाको लोक प्रिय भलिबल खेलको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले यस्ता किसिमका प्रतियोगिताहरु आगामी दिनमा पनि आयोजना गर्नु पर्ने धारण व्यक्त गरेका छन् । साथै उनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।

क्याम्पस प्रति साकारात्मक धारणाको विकास गर्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको स्ववियु सभापति जगत बहादुर ऐरले बताएका छन् । पछिल्लो समय आकर्षण घटिरहेको डडेल्धुरा बहुमुखी क्याम्पस लाई भलिबल प्रतियोगिता मार्फत चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति ऐरले बताएका छन् ।

उक्त खुल्ला पुरुष भलिबल प्रतियोगिताका खेलहरु भोली देखि १० गते सम्म डडेल्धुरा बहुमुखी क्याम्पसको किर्तिपुर स्थित छात्रावास खेलमैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश नं. ७ का विभिन्न जिल्लाका १० वटा टिमहरुको सहभागिता रहेको स्ववियु सभापति ऐर बताएका छन । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदका साथै ट्रफि पनि प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै वेष्ट प्लेयरलाई दुई हजार पाँच सय र विधागत रुपमा एक हजार पाँच सयका दरले पुरुस्कार प्रदान गरिने जनाईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता