चिसाङ शेर्पा/असोज १९, खोटाङ । ओखलढुंगामा व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु भएको छ । 

कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज १९, खोटाङ । ओखलढुंगामा व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु भएको छ । 

कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो"/>

2026-08-26 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा व्याकुल माईला गोल्ड कप सुरु


चिसाङ शेर्पा/असोज १९, खोटाङ । ओखलढुंगामा व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु भएको छ । 

कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा गोल्ड कप सुरु भएको हो । 

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको प्रतियोगीता असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकमध्येका नयाँ नेपाल सरोकार समाजका सचिव रबिन राईले बताउनुभयो । गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी, हिलेपानी फुटबलव क्लव र दुधकौशिका प्राबि सोक्माटारसँगको सहकार्यमा सुरु गरिएको प्रतियोगीतामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठ्माण्डौं, ललितपुर लगायतका जिल्लाबाट आएका २९ टिमको सहभागीता रहेको छ । प्रतियोगीताको उदघाटन खेल आयोजक दुधकौशिका प्राबि सोक्माटार र फुलबारी युवा क्ल्व ‘बी’ जाक्माबीच भएको खेलमा फुलवारी युवा क्लवले दुई गोल गर्दै जित हाँसिल गरेको छ  । 

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख, दोश्रो हुने टिमले ५० हजार र तेश्रो हुने टिमले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, अनुशासित टिम, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगीताकैवीचमा असोज २६ र २७ गते दाँत र जनरल हेल्थ चेकअप तथा उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । गोल्डकप उद्घाटन तथा समापन कार्यक्रममा लोपोन्मुख बनेको सालमाया, सरुमा, अधिया, खियाली, राम्दले, साकेला लगायतका लोकभाका एवं लोकनाच प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’