साकेला सिली फुटबल क्लब दुर्छिमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साकेला सिली फुटबल क्लब दुर्छिमको "/>

2026-08-27 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

होलेसुङ–जनकराज गोल्डकपमा शनिवार तीन टिमको विजयी सुरुवात

चिसाङ शेर्पा/असोज २२, खोटाङ । होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको दोस्रो दिन शनिवार तीन टिमले प्रतिस्पर्धा गरेका छन् । 

साकेला सिली फुटबल क्लब दुर्छिमको खोटाङको आयोजनामा हलेसी तुवाचुङ नगरपालिका पाँचमा सञ्चालन भईरहेको फुटवल प्रतियोगितामा चुमाखु फुटवल क्लव–नवलपुर युवा क्लव र महाविर फुटवल क्लव– साईनो फुटवल क्लव तथा साकेला शिली फुटवल क्लव ‘वि’–किराँत सेवा समाज क्लबविच प्रतिस्पर्धा भएको थियो । 

हलेसीस्थित कृष्णराम–मोतीप्रसाद राई रंगशालामा भएको खेलमा चुमाखु फुटवल क्लवले नवलपुर युवा क्लवलाई ९ शुन्य, महाविर फुटवल क्लव छापडाडाँद्धारा साईनो युवा क्लबलाई ५–१ तथा १ का विरुद्ध ४ गोल अन्तरले साकेला शिली ‘वि’ ले किराँत सेवा समाज क्लवलाई पराजित गरेको छ । 

नगरपालिका भित्रको ठुलो धनराशी भएको गोल्डकप आगामी २६ गते समापन हुने खेलका प्रथम विजयी टिमले रनिङ कपका साथमा नगद ५० हजार, दितीय २५ हजार र सेमिफाईनलमा पराजित दुई टिमले नगद दश/दश हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै, खेलमा उत्कृष्ट गोल किपर, गोलकर्ता, डिफेण्डर, मिड फिल्डर, स्ट्राईकर, कोच र छोटो समयका गोल कर्तालाइ जनही दुईदुई हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उतm पुरस्कार ‘अमृता अदिलसेर राई मुइमा लाम वेष्ट’ नामक वेस्ट अवार्डले प्रदान गर्नेछ । 

२१ टिमको सशभागिता रहेको गोल्डकप अन्तरगत आईतवार ओम शिवशक्ति हलेसी, रुपाकोट मझुवागढी नगरपालिका बुईपा तथा साकेला गाउँपालिका रतन्छा र छिप्ती युवा क्लव वुईपाविच खेल हुने आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’