२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीमा राइनो संरक्षण गोल्डकप प्रतियोगिता हुने

२०७४, २२ आश्विन आईतवार ०६:५९

असोज २२, नवलपरासी । मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ । 

प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । 

नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

खेलकुदको माध्यमबाट स्वदेश तथा विदेशमा जैविक विविधता र गैँडा संरक्षणको सन्देश दिन यो प्रतियोगिताको आयोजना गर्न लागिएको अखिल नेपाल फुटबल संघ – (एन्फा)का केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिनुभयो । 

नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्नेलगायतका उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । 

मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा आयोजना उक्त प्रतियोगिताका लागि वन तथा भू—संरक्षण मन्त्रालयबाट रु १० लाख र युवा तथा खेलकुद मन्त्रालयबाट रु १५ लाख उपलब्ध भएको छ । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न वभिन्न संघ संस्था तथा स्थानीय व्यापारीको सहयोग पनि जारी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना